निर्दयी घरबेटी: भाडा तिर्न नसकेपछि सामान बाहिर फालेर महिलालाई रुखमा बाँ’धे

काठमाडौं:घरभाडा तिर्न नसकेको भन्दै घरभेटीले एक महिलालाई अमानविय ब्यवहार गरेका छन् । महिलाको कोठाको सामान बाहिर फालेर महिलालाई रुखमा बाँधि दिएका छन् । यो घटना भारतको उत्तर प्रदेशको हमीरपुर जिल्लामा भएको हो । घरको भाडा तिर्न असमर्थ भएकोले घरधनीले रुखमा बाँधेका हुन् । उनलाई कुटिएको पनि छ ।

यस घटनाको सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेको छ । महिलालाई उद्दार गरेर घर मालिकलाई प’क्राउ गरेको प्रहरीले जनाएको छ ।

हमीरपुरमा बस्ने शोभा देवीको श्रीमानको धेरै वर्ष अघि निधन भएको थियो । उनी भागीरथ प्रजापतिको घरमा भाडामा बसिरहेकी थिइन्।

ज्याला मजदुर गरेर जिविका चलाउँदै आएकी उनले लकडाउनका कारण काम पनि पाइनन् । जसका कारण उनले घर भाडा तिर्ने पैसा समेत कमाउन सकिनन् ।

भाडा नलिएको भन्दै घरधनीले केही महिलाहरूको सहयोगमा उनलाई बाहिर निकाले । अनि शोभा देवीलाई रूखमा बाँ धि दिए। शोभा देवीको सबै सामान घर बाहिर फ्या कि यो। घटनाको सूचना छिमेकीले दिएपछि प्रहरी घटनास्थल पुगेको थियो ।