अहिले लकडाउन गर्ने उपयुक्त बेला हो

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले उपत्यकामा लकडाउन गर्न ढिलो भइसकेको बताएका छन्।

भर्खरै कोरोना जितेर निस्किएका सांसद श्रेष्ठले उपत्यकाको अवस्था थेगी नसक्नुभएकाले अब सरकारले फेरि कडा खालको लक डाउन गर्नुपर्ने सुझाव दिएका हुन्।

सोमबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा दसैँ, तिहार र छठ जस्ता ठूला पर्व निजिकिँदै गएको सरकारले कडा लकडाउन गरेर उपत्यकामा थप व्यक्तिलाई संक्रमति हुनबाट बचाउनुपर्ने धारणा राखेका हुन्।

संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा अहिले लकडाउन गर्नु उपयुक्त समय भएको उनको भनाइ छ।

‘अहिले लकडाउन गर्ने उपयुक्त बेला हो। संक्रमण भएका व्यक्तिहरु गाउँ जाने क्रम सुरु हुन्छ। धेरै भीडभाड हुने बैंक मालपोत जस्ता ठाउँमा पनि धेरै संक्रमित भएका छन्, श्रेष्ठले भने।