कान्तिपुर टेलिभिजनलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको चेतावनी

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कान्तिपुर टेलिभिजनबाट शुक्रबार प्रसारित एक रिपोर्ट माथि कडा प्र’हार गरेका छन् । तथ्य भन्दा बाहिर गएर फे’क समाचार प्रशारण गरेको भन्दै नेकपाका केन्द्रीय सदस्य र प्रचार बिभाग उपप्रमुख समेत रहनुभएका प्रेस सल्लाहकार थापाले झुटको खेतीमा नरमाउन चे’तावनी दिनु भएको हो ।

यस्तो छ थापाको जवाफ :

कान्तिपुर टेलिभिजनलाई प्रधानमन्त्रीका हामी सल्लाहकारहरूको कोभिड १९को परीक्षण रिपोर्ट नेगेटिभ आएकोमा असैह्य छटपटी भएको यस खालको एकतर्फी र मनगढन्ते रिपोर्टिङ गरेकोबाट स्पष्ट बुझ्न सकिन्छ । हामी आइसोलेसनमा बस्दासमेत पटक पटक सम्पर्क गर्ने र सूचना जानकरी लिन सक्रिय यस टेलिभिजनका र अरू व्यावसायिक संचारकर्मीहरूले स्वयं यस्ता नकारात्मक र निहीत उद्देश्य प्रेरित बदनाम (गाथालाई के ठान्दा होलान ?

‘बालुवाटार सुनसान भयो भन्ने रियोर्टिङ, दैनिक १० पटकभन्दा बढी सम्पर्क गर्नुपर्ने हामीसँगै, अनि संक्रमणका कारण दैनन्दिन नियमित काममा असर परेको सबैको धारणा, लक्षणहरू केही नदेखिएको स्थिति, कन्ट्याक्ट ट्रेसिङ सबै सं’क्रमितहरूलाई केन्द्रित गरेर हुने तथ्य र सात दिन पुगेको अवस्थामा तोकिएको मापदण्डअनुरूप नियमित प्रक्रियामा परीक्षण गराउँदा यसरी दुनियाँलाई दिग्भ्रमित पार्न खोज्नु खेदजनक छ।

यो परीक्षण हाम्रो चाहना, आग्रह र दबाबमा नभएर मापदण्ड अन्तर्गत र जरूरी आवश्यकता अनुरूप नै भएको छ। जन सरोकारका महत्वपूर्ण विषय प्रति उदासीन हुँदै पहाड खनेर मुसा भेट्याए जस्तो गर्नु कान्तिपुर टेलिभिजनको निम्ति यो शोभनीय, व्यापसायिक, तथ्य पूर्ण र मर्यादित रिपोर्टिङ किमार्थ मान्न सकिदैन । यसले रिपोर्टको अन्तिममा गरेको टिप्पणी त झनै दु’राशयपूर्ण रहेको हुनाले यसको दु’ष्प्रचारबाट कत्ति पनि भ्रमित नहुन सबैमा अनुरोध गर्दछु।