शिक्षामन्त्री पोखरेललाई संक्रमण पुष्टि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

मन्त्रीको सचिवालयले उनको सम्पर्कमा रहेकाहरुलाई सचेत रहन र आवश्यक परे कोरोना परीक्षण गराउन भनेको छ।

शनिबार ज्वरो आएपछि उनको कोरोना परीक्षण गरिएको र आइतबार रिपोर्ट पोजेटिभ आएको मन्त्रीको सचिवालयले जनाएको छ।