घटस्थापनादेखि सबै सरकारी कार्यालयहरु बन्द गर्ने तयारी

देशमा कोरोना संक्रमण विस्फोटकरुपमा फैलिएसँगै सरकारले घटस्थापनाको दिनदेखि पूर्णिमासम्म सरकारी कार्यालयहरु बन्द गर्न तयारी गरेको छ। कोभिड १९ महामारी व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकमा घटनास्थापनाको दिनदेखि सरकारी कार्यालय बन्द गरिनुपर्नेमा जोड दिइएको स्रोतले बताएको।

बैठकमा देशामा पछिल्ला दिनहरुमा सरकारी कर्मचारी तथा सुरक्षाकर्मीहरु संक्रमित हुने क्रम बढेको भन्दै दशैंमा कर्मचारीहरुबाट झन कोरोना फैलिने जोखिम रहेको भन्दै अत्यावश्यक सेवाबाहेक सबै सेवा घटस्थापनाका दिनदेखि पूर्णिमाका दिनसम्म बन्द गर्ने गरी रणनीति बनाउन सरकारलाई सिफारिस गर्ने तयारी भएको हो।

स्रोतका अनुसार आइतबार सीसीएमसीको बैठक बसेर कोरोना नियन्त्रणको मोडलबारे सरकारलाई सिफारिस गरिने र आगामी सोमबार बस्ने मन्त्रिपरिषदबाट पारित गाराउने तयारी छ।