यी८ जिल्लामा फेरि लकडाउन हुने सम्भावना

देशको संघीय राजधानी काठमाडाैं काेराेना ‘हट स्पट’ बन्दै गएपछि सरकारले फेरी लकडाउन गर्ने तयारी थालेको छ ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशभर एकसाथ लकडाउन गर्ने अवस्था नभएको तर अति प्रभावित ठाउँमा भने लकडाउन हुने बताए ।उनले भने -‘फेरि नेपालमा राष्ट्रव्यापी लकडाउन हुने सम्भावना छैन ।

उनका अनुसार संक्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’हरुमा चाहिँ स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन वा सिल वा लकडाउन गर्नसक्छ ।

सरकारका प्रवक्ता मन्त्री ज्ञवाली भन्छन्, ‘अहिले दैनिक भेटिने संक्रमितमा आधाभन्दा बढी काठमाडौं उपत्यकाकै छन्, आइसोलेसन वार्डहरु पनि भरिँदै गएका छन् ।

यसका लागि विशेष व्यवस्था गर्नुपर्ला । तर, लकडाउन समाधान होइन ।’ ज्ञवालीले अगाडि भने, (सक्रिय संक्रमितको संख्या) २५ हजार क्रस गर्नासाथ लकडाउन गरिहाल्नुपर्छ भन्ने पनि होइन । त्यस्तो कुनै निर्णय भएको पनि छैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ७७ जिल्लामध्ये ८ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएका हुन् ।

यी हुन ८ जहा जिल्ला प्रशासनले निषेधाज्ञा लगाउन वा सिल वा लकडाउन गर्नसक्छ

काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, चितवन, रुपन्देही, सुनसरी, सुर्खेत