‘मैले पुडासैनीको पक्षबाट बहस पैरवी गर्न स्वीकार गरेको रवि जीलाई जे*ल हाल्न होइन’

काठमाडौँ । अधिवक्ता स्वागत नेपालले मृ*तक शालिकराम पुडासैनीको तर्फबाट पैरवी गर्ने भएका छन् । पुडासैनीको तर्फबाट बहस पैरवी आफूले गर्ने अधिवक्ता नेपालले जानकारी दिए । पुडासैनीको पक्षमा उनीसँगै चितवनका अधिवक्ता गोपीलाल देवकोटा, कमल पाठक र जगन्नाथ भण्डारीलगायतले पैरवी गर्ने भएका हुन् ।साउन २० गते चितवनको होटेल कंगारुमा मृ*त अवस्थामा पत्रकार पुडासैनी फे*ला परेका थिए । उक्त घ*टनापछि चितवन प्रहरीले आरोपी रवि लामिछाने, युवराज कँडेर र अस्मिता कार्कीलाई प*क्राउ गरी हि*रासतमा राखेको छ ।

चितवन जिल्ला अदालतले आरोपी लामिछानेसहित ३ जनालाई न्या*यिक हि*रासतमा राखी अ*नुसन्धान गर्न म्या*द थप गरेको थियो । मंगलवार फेरि अदालतले थप ५ दिन हि*रासतमा राख्न अनुमति दिएको छ ।यसै विषयलाई लिएर अधिवक्ता स्वागत नेपालले आफ्नो विचार सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका छन् । मैले स्व. शालिकराम पुडासैनीको पक्षबाट बहस पैरवी गर्न स्वीकार गरेको रवी जीलाई जे*ल हाल्न होइन, स्व. पुडासैनीको दे*हान्त कसरी भयो भन्ने सत्य सबै वीचको बहस पैरवीबाट स्थापित गर्न हो, नेपालमा अहिलेसम्म भएका शं*काष्पद जी*वनान्त्य सरह पर्दाभित्रै नरहोस् भनेर हो ।

मेरो वहस पैरवी रवी जीलाई पनि न्याय दिलाउनको लागि हो, कानुनको शासनको लागि हो । रवी जि मात्र किन ? सँगै अरु पक्राउ परेका अरु साथीहरुका लागि चाहिँ चाहिँदैन न्या*य ? के ती चेलीलाई न्या*य चाहिँदैन जसको म्यासेजको गो*प्यता सार्वजनिक गरेर उनको बाँकी जीवन पनि अ*प्ठ्यारो बन्दैछ ? विषय त उनीहरु वीचको च्याट म्यासेज घुमाई घुमाई सेभ गरेर एकअर्कामा डिस्सिमिनेट गरिएको चाहिँ हो । कसले कति कमाउँथ्यो, कसले कति कमाउँथ्यो भन्ने विषय आ*त्मह*त्या दु*रुत्साहनको विषय हुन सक्दैन भनेर मैले अन्तरवार्ताहरुमा भनेको छु ।

र, उहाँको म्यासेज रवीजीले नै डिस्सिमिनेट गरेको हो भन्ने मलाई लाग्दैन भनेर पनि भनेको छु । अहिलेको सबैभन्दा मुख्य कुरा नै शालिकराम जीको जी*वनान्त्यको कारण पत्ता लाग्नु नै उनको आ*त्मालाई, रवी जीलाई र अरु साथीहरुलाई पनि न्या*य प्राप्त हुनु हो । त्यसैले म न्या*यका लागि बहस पैरवी गर्दैछु । कसैमाथि आ*रोप हुने छैन । तथ्यको प्रस्तुति र मि*मांसा हुने छ मेरो तर्फबाट ।