पहिलो भिआईपी महिला स्कटर: प्रधानमन्त्री गिरिजादेखि राष्ट्रपति विद्या भण्डारीसम्म (भिडियोसहित)

काठमाडौं। तपाईं हामीले सडकमा कहिलेकाँहि सेतो बाइकमा सेतो बर्दी लगाएर त्यसमा कालो घुडासम्मको बुट अनि कम्मरमा सानो पेस्तोल र रातो बत्ती पिलकपिलिक गर्दै साइरन बजाउँदै हिँडेका त देखेकै छौं।

उनीहरू भिआईपी स्कटीङमा मात्रै हिड्ने गर्छन्। त्यो सेतो मोटरसाइकल ७५० र २७० सिसिका हुन्छन्।

७५० सिसिको बाइक काठमाडौंको सडकमा कहिलेकाँहि १०० देखि १२० को स्पीडमा हुँइकिरहेका हुन्छन्। ७ सय ५० सिसिका मोटरसाइकल पुरूषसँगै महिलाहरु पनि लस्करै हाँकिरहेका हुन्छन्।

नेपालमा सम्पन्न बिमस्टेक सम्मेलन, सार्क सम्मलेन र प्रधानमन्त्री तथा राष्ट्रपतिको विशेष सवारीमा सर्वसाधारणलाई सडक बन्द गरेर यिनै सेता मोटरसाइकलको लस्कर हुन्छ।

भिआईपीको सवारीमा सेता मोटरसाइकलमा कुद्ने एक महिलसँग हामीले कुरा गरेका थियौं।

सुदूरपश्चिम कञ्चनपुरकी चेली कमला श्रेष्ठ नेपालको पहिलो भिआईपी महिला मोटरसाइकल सुरक्षाकर्मी हुन्।

छोरीहरू प्रहरीमा जानुहुन्न। बिग्रन्छन्, जागिर खान अफ्ठ्यारो हुन्छ भन्ने मान्यतालाई चिर्दै उनले २०५६ सालमा नेपाल प्रहरीमा भर्ना भइन्।

नेपाली ब्रेकलिंक्सले तयार पारेको यो भिडियो हेर्नुहोस: