गर्भ रहे बच्चा जिम्मा लिने नाममा बला’त्कारीलाई उन्मुक्ति गराउने ६ जना प’क्राउ

बझाङकी १२ वर्षीया बालिकाको बला’त्कारपछि ह’त्या अभियोगमा प’क्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बाला’त्कारको घटना गाउँमै गुपचुप पारेको अभियोगमा ६ जना प’क्राउ परेका छन् ।

प’क्राउ पर्नेमा बझाङको मष्टा गाँउपालिकामा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई र गल्फे बोहरा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए । २९ साउनमा उनीहरूले १४ वर्षीया बालिकामाथि बला’त्कार भएको घटनालाई मिलापत्र गराएका थिए ।

घटना बाहिर आउन नदिन उनीहरूले पीडित र राजेन्द्र बोहरा पक्षबीच साउन ३१ गते मिलापत्र गराएका थिए । एसएसपी सिंहका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर ५०० रूपैयाँ जरिवाना तिराई घटना गाउँमै गुपचुप मिलाएका थिए । ‘बला’त्कार जस्तो जघन्य अपराधको घटना गाउँमै गुपचुप गर्नु कानुन विपरित हो,’ एसएसपी सिंहले भने, ‘घटनाबारे थप अनुसनधान भइरहेको छ ।’