आईतबार २२५३ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृ’त्यु, उपत्यकामा मात्र १५९९

आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८६ हजार ८ सय २३ पुगेको छ।

यस अवधिमा १ हजार ३ सय २९ जना कोरोनाबाट निको भएका छन्।

यीसहित हालसम्म निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ।

हाल देशका विभिन्न ठाउँमा सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको मन्त्रालयले जनाएको छ ।

आजै मृतक थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृ’त्यु हुनेको संख्या ५ सय ३५ रहेको छ।

आज काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय ९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ३ सय ७३, भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ जनालाई संक्रमण पुष्टि भएको हो।