सवारी दुर्घटनामा एक जनाको मृ’त्यु, पाँच घाइते

दुई फरक दुर्घटनामा १ जनाको मृ’त्यु र ५ जना घाइते भएका छन् ।मोरङमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शनिबार भएको दुई फरक सडक दुर्घटनामा मानवीय क्षति भएको हो।

कार्यालय प्रहरी निरीक्षक रोकश पोद्धारले शनिबार राती करिब साढे ९ बजे बुढीगंगा गाँउपालिकाको टंकीसिनुवारीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ४२ वर्षीय कमलप्रसाद तावाहांगको उपचारका क्रममा मृ’त्यु भएको हो।

ट्राफिक प्रहरी निरीक्षक पोद्धारले टंकीसिनुवारीमा लु.६१ प २५०२ नम्बरको मोटरसाइकलले धरान विराटनगर सडकमा तावाहांगलाई ठक्कर दिएको बताए।

घटनापछि मोटरसाइकल चालक सप्तरी रुपनीका २५ वर्षीय अजबुल मियाँ फरार अवस्थामा रहेको उनले बताए।

अर्कोतर्फ घाइते तावाहांगको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार बिहान १ बजे मृ’त्यु भएको उनले जानकारी दिए। प्रहरीले घटनामा संलग्न मियाँको खोजी तीव्र पारेको जनाएको छ।

त्यसैगरि, बेलबारी नगरपालिकामा पर्ने पूर्वपश्चिम राजमार्गको भाउन्नेमा को.१ ख ५०७९ नम्बरको यात्रुवहाक बस दुर्घटना हुदाँ पाँच जना यात्रु घाइते भएका छन्।

बेलबारी प्रहरीका अनुसार घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमा झापा दमककी ४५ वर्षीया आशमाया, सुनसरी कुशवाहाकी ४२ वर्षीया लालिमाया खातुन, झापा विर्तामोडका ३५ वर्षीय विनेश खड्का, पथरीशनिश्चरे नगरपालिकाका २४ वर्षीय रमेश न्यौपाने, र २२ वर्षीया सुमी न्यलैपाने रहेका छन्।