राजस्थान पराजित ; बेंगलोर उक्लियो शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आइपिएल) टी ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । शेख जायद स्टेडियम आबूधाबीमा शनिबारको पहिलो खेलमा राजस्थानलाई ८ विकेटले पराजित गर्दै बैंगलोर अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

१ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९. १ ओभरमा २ विकेटको क्षतिमा भेटाएको थियो । बेंगलोरको जितमा कप्तान विराट कोहली ५३ बलमा ७ चौका र २ छक्का सहित ७२ रनमा अविजित रहे । पाडिक्कल ४५ बलमा ६ चौका र १ छक्का सहित ६३ रनमा जोडेका थिए ।