शनिबार थपिए २१२० जना कोरोना संक्रमित ; ८ जनाको मृ’त्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ हजार ४४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। हाल देशभर २१ हजार ३ सय २ जना संक्रिय संक्रमित रहेका छन् भने ४ हजार २ सय ७३ जना क्वारेन्टिनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ जनाको मृ’त्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ५२८ पुगेको छ।

काठमाडौँ उपत्यकामा थपिए ११७७ जना कोरोना संक्रमित