आ’त्मह’त्या गर्नेसम्मको सोच आयो-ड्र’ग्स केसमा तानिइन् बलिउडकी अर्की सारा

बलिउडको ड्र’ग्स केसमा धेरै चर्चित अभिनेता र अभिनेत्रीहरु तानिँदै गएका छन् । सुरुमा अभिनेत्रीहरु दीपिका पादुकोण, श्रद्धा कपूर, रकुल प्रित सिंह र सारा अली खान तानिएका थिए । अब यसमा बलिउडकी अर्की सारा खानको नाम पनि मिडियामा आएको छ।

टीभकिी चर्चित अभिनेत्री सारा खानको नाम ड्र’ग्स केसमा तानिएपछि उनले यस विषयमा प्रतिक्रिया दिएकी छिन् । टाइम्स अफ इण्डियासँग कुरा गर्दै साराले यो खबरले आफू निकै समस्यामा परेको र चिन्तित भएको बताएकी छिन् ।

उनले आफूलाई सामाजिक संजालमा निशाना बनाइएको र ड्र’ग एडिक्ट भनिएको भन्दै यसले निकै तनाव भएको बताएकी छिन् । उनले भनिन् ‘यो घटनापछि म यति धेरै तनावमा थिएँ कि एक समय आफैंलाई मार्ने समेत विचार गरिरहेकी थिएँ ।’