बुटवलबाट राजधानी सार्ने प्रस्तावको विरोधमा आन्दोलन, सरकारी गाडीमा तोडफोड

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा आन्दोलन शुरु भएको छ। बुटवलका नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोकमा टायर बालेर प्रदर्शन भइरहेको छ।

बुटवलमा सरकारी गाडीमा पनि तोडफोड भएको छ। प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले प्रदर्शन गर्दै बुटवलमा तीनवटा गाडीमा तोडफोड गरेको छ।

सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं को स्कारपियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं को गाडी र लु १ झ ४४९ नं गाडीमा तोडफोड भएको छ।

नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरि नेविसंघले आन्दोलन सुरु गरेको बताए।