श्रीमतीको ह’त्या गरेर खाटमुनी राख्ने श्रीमान भण्डारी प’क्राउ

गत असोज १२ गते करिब साँढे ४ बजेको समयमा मनमायाको श’व हात बाँधेको अवस्थामा उनी सुत्ने गरेको खाटमुनी फेला परेको थियो। प्रहरीलाई सूचना पाएपछि तालिमप्राप्त कुकुरको सहायताद्वारा प्रहरीले ह’त्याराको खोजी गरेको थियो।

श्रीमतीको ह’त्या आरोपमा श्रीमान प’क्राउ परेका छन्।झापाको गौरादह नगरपालिका- १ मा ६५ वर्षीया मनमाया भण्डारीको ह’त्या गरेको अभियोगमा उनका पति भीमबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय झापाले प’क्राउ गरेको हो।

मृ’तकको पोस्ट’मार्टमको रिपोर्ट तथा घटनाको प्रारम्भिक अनुसन्धान, घरपरिवार तथा स्थानीयबासीबाट बुझ्दा ह’त्या भएको बेला भण्डारी पत्नीसँगै रहेकाले थप अनुसन्धानका लागि उनलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

प’क्राउ परेका भण्डारीलाई शुक्रबार जिल्ला अदालत झापाबाट म्याद थप गरि अनुसन्धान जारी राखिएको उनले बताए।