रुखले किच्दा बुहारीको मृत्यु, सासु घाईते

बेलबारी । मोरङको कानेपोखरी चोकमा जंगलको रुखले किचेर एकजना महिलाको मृत्यु भएको छ । विहिबार दिउँसो ४ बजे कानेपोखरी –७, आइतबारेकी ५१ बर्षिय पार्वता भट्टराई मृत्यु भएको हो । कानेपोखरी चोक दखि दक्षिणको टेम्पो स्टेण्डमा सो घटना भएको हो । पानी सँगै आएको हावाले रुख लडाउँदा रुखको हाँगाले लागेर भटराईको मृत्यु भएको थियो ।

सँगै रहेको मृतक पार्वताकी सासु ७० बर्षिय दुर्गा भट्टराई भने सामान्य खुट्टामा चोट लागेकोले पथरी हस्पिटलमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी अधिकारीले जानकारी दिए ।

विराटनगर पुगेर कानेपोखरीबाट दक्षिण आइताबारे घर जानको लागी हिड्र्दै गर्दा एक्कासी हावा चलेपछि रुख ढलेको थियो । रुखको हाँगाले सासुको खुट्टामा चोट लागेको थियो भने बुहारीको टाउँको देखि शरिर सम्म चोट लागेको थियो । सख्त घाइते भएको पार्वता उपचारको क्रममा मृत्यु भएको डिएसपी अधिकारीले बताए ।