गरीव र बिपन्नका लागि कपडा बैंक सञ्चालन

दाङ, २१ साउन । बिपन्न समूदायका लागि कपडा निशुल्क बितरण गर्ने उदेश्यले तुलसीपुरमा कपडा बैंक सञ्चालन गरिएको छ ।

यो बैंकमा प्रयोग गरि सकेको पोशाक राखिएका छन् जुन पूनः प्रयोग गर्न मिल्छ । कपडा बैंकका अध्यक्ष भीमसेन लहरेले यसरी जम्मा गरिएका कपडा असहाय,गरीव तथा बिपन्न ब्यक्ति तथा समूदायले छानेर लैजान सक्ने बताए । उनी भन्छन् एक ब्यक्तिले एक जोडी कपडा लैजान पाउने छ भने कपडा संकलन जति पनि गर्न सक्ने छ । संकलन गर्ने कपडा अर्को ब्यक्तिले लगाउन मिल्ने खालको हुनुपर्ने समितिले बताएको छ ।

कुनैपनि नागरिक एक सरो कपडा लगाउनबाट बञ्चीत हुने अबस्था हुन नदिन यो अभियान सञ्चालन गर्नुपरेको अध्यक्ष भीमसेन लहरेले बताए । हाल बसपार्कमा एक कोठामा कपडा बैक सञ्चालन गरिएको छ । त्यसपछि संकलन भएको कपडाको अवस्था हेरी बिस्तार गर्न पनि सकिने समितिले बताएको छ ।

कपडा संकलनका लागि मूख्य स्रोत तुलसीपुर उपमहानगरपालिका ५ नम्वर कार्यालय,उद्योग बाणिज्य संघ र उसको फेन्सी ब्यबसायीहरुको समिति रहेको छ ।

“फेसन अफ”कलर जादै गरेका जस्ता फेन्सी पसलमा स्टोर गरिएका कपडा कपडा बैंकमा जम्मा गर्न बैक संञ्चालक समितिले आग्रह पनि गरेको छ ।

दाङमा आज उद्घाटन गरिएको कपडा बैंकले नेपालको संबिधान २०७२ को मौलीक हकलाई कार्यान्वयनमा समेत सघाउ पुर्याउने अपेक्षा गरेको वडा अध्यक्ष शाहले भनाई राखे । कार्यक्रमका अभियानकर्ता, समितिका सदस्य सुरेश हमालले गरिव तथा विपन्न ब्यक्तिलाई नाङ्गो शरिर छोप्नको लागि सहयोग केन्द्र सहयोगी बन्ने आशा ब्यक्त गरे ।