कुलमानकाे पुन: नियुक्तिकाे माग गर्दै धर्ना

उज्यालाे नेपालका नायक मानिएका नेपाल विधुत प्राधिकरणका पुर्व महाप्रबन्धक कुलमान घिसिङ्गकाे पुन: नियुक्तिकाे माग गर्दै गाैरादहमा शान्तिपुर्ण धर्ना कार्यक्रम गरिएकाे छ । सुशासनकालागी संघर्ष उपसमिति गाैरादह-७ काे आयाेजनामा साे कार्यक्रम भएकाे हाे ।

झापा गाैरादह नगरपालिका ७ ग्वालडुव्वा बजारमा अायाेजित कार्यक्रममा कुलमानकाे पुन: नियुक्ति हुनुपर्ने भन्दै अाधाघण्टा धर्ना दिईएकाे थियाे । सुशासनकालागी संघर्ष ७ नम्वर वडा उप समितिका अध्यक्ष हरि बस्नेतकाे संयाेजनमा भएकाे कार्यक्रममा उज्यालाे नेपालका नायकलाई तत्काल पुन: नियुक्ति गर्न सरकार संग माग गरिएकाे थियाे । धर्ना कार्यक्रममा कुलमानकाे कार्यकाल समाप्तिपछि लाेडसेडिङ्ग गर्ने तत्वहरु कृयाशिल भएकाे , कुलमान उज्यालाे नेपालका नायकहुन लेखिएका प्लेकार्ड प्रदर्शन गरिएकाे थियाे ।

कार्यक्रममा संघर्ष उप समिति वडा नम्वर २ का सल्लाहकार माेहन खनाल , वडा नम्वर ९ का सल्लाहकार रबिन्द्र ढुङ्गाना लगायतले मनतव्य राखेका थिए । कार्यक्रममा सुशासनकालागी संघर्ष मुल समितिका अध्यक्ष राजकुमार दाहाल , उपाध्याक्ष अनिस कार्की , सचिव देवेन्द्र खड्का , काेषाध्यक्ष प्रकाश बाँस्काेटा लगायतकाे उपस्थीति रहेकाे थियाे ।