वामदेवलाई सरकारमा लैजाने अडानमै छन् दाहाल ; ओली अनिच्छुक !

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे निरन्तर छलफलमा छन्। गत बिहीबारदेखि भइरहेको छलफल अझै निचोडमा पुग्‍न सकेको छैन।

भदौ २६ गतेको स्थायी कमिटीको निर्णयानुसार सरकारलाई प्रभावकारी बनाउन संघीय मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो। त्यही निर्णयानुसार भदौ ४ गते बसेको सचिवालय बैठकबाट मन्त्रिपरिषद् पुनर्गठन औपचारिकता पाएको छ। सचिवालय बैठकले मन्त्रिपरिषद् हेरफेरलाई टुंगोमा पुर्‍याउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ।

एक नेताले भने ‘अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताहरु उपाध्यक्ष उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा लैजाने अडानमै हुनुहुन्छ। त्यसैले १४ गतेको निर्णयलाई कुरेको देखिन्छ’ उनले भने, ‘अध्यक्ष दाहालले गौतमलाई सरकारमा लैजाने चाहाना राख्नुभए पनि अदालतले कुनै नियुक्तिमा नलान निर्णय दिइसकेको अवस्था भएकोले प्रधानमन्त्रीले त्यो चाहना राख्नुभएको छैन।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चका अदालतमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने सरकारबाट भएको सिफारिस र राष्ट्रपतिले गरेको मनोनयनको निर्णयविरुद्ध रिट हालेका थिए।