हिरोइनपछि अब बलिउडमा सुपरस्टार हिरोहरुलाई निशाना बनाउँदै एनसीबी

बलिउडसँग ड्र’ग्सको सम्बन्धबारे जाँचमा नारकोटिक्स कन्ट्रोल बोर्डको दायरा लगातार बढिरहेको छ । अहिलेसम्म दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रकुल प्रित सिंह, रिया चक्रवर्ती विरुद्ध एनसीबीले जाँच अगाडि बढाएको छ । यी सबैलाई एनसीबीले उक चरणको सोधपुछ गरिसकेको छ ।

हिरोइनहरुपछि अब एनसीबीले बलिउडका नामी ए लिस्टर अभिनेताहरुलाई निशाना बनाउने तयारीमा छन् । एनसीबी सूत्रका अनुसार बलिउड अभिनेत्रीपछि एनसीबीको रडारमा बलिउडका ए लिस्टर नामी र ठूला अभिनेताहरु छन् ।

ड्र’ग्स केसमा बलिउडका महिला कलाकार घेरिएपछि अब पुरुष कलाकारहरुको नम्बर छिटै आउन सक्छ । एनसीबीले यस विषयमा इनपुट र प्रमाण हमत पार्नासाथ ती सबै अभिनेताहरुमाथि एक्सन लिइनेछ ।

ड्रग्स केसमा एनसीबीले ड्र’ग डिलरहरुको माध्यमबाट बलिउडका ठूला नामहरुमाथि कारवाही अगाडि बढाउने प्रयास गरिरहेको छ । सबै प्रमाण जम्मा गरेपछि मात्रै ठूला अभिनेताहरुमाथि कारवाह गर्ने एनसीबीको रणनीति छ । अब बलिउडका कुन–कुन ठूला कलाकार यो केसमा मुछिने हुन् भन्ने हेर्न भने बाँकी नै छ ।