भारतीय सेनाद्वारा हजारौं नेपाली भर्ती गरिँदै, रजिष्ट्रेसन प्रक्रिया जारी

चीन र भारतबीच स्थिति तनावपूर्ण छ । सीमा क्षेत्रमा २ देशका सेनाबीच भिडन्त भइरहेको छ । दुवै देशले आक्रामक रणनीति अपनाइरहेका छन् र दुवै तर्फबाट युद्धको धम्की दिइएको छ । यस्तो तनावपूर्ण स्थितिमा भारतीय सेनाले अचानक ठूलो संख्यामा नेपालीहरु भर्ती गर्न थालेको छ ।

भारतीय वायु सेनाले अहिले धमाधम तीन फरक फरक पदमा भर्ती खोलेको छ र भर्ती प्रक्रिया जारी छ । एयरमेनको ग्रुप एक्स, ग्रुप वाइ र ग्रुप वाइ नन टेक्निकल ट्रेडमा गुजरात, कर्नाटका, ओडिशा, बिहार, हरियाणा र राजस्थानमा भर्ती लिइँदैछ । यी सबै पदको लागि अविवाहित भारतीय र नेपाली नागरिक योग्य हुने बताइएको छ ।