यसरी प्रयोग गर्नुहोस् नि:शुल्क इन्टरनेट (तरिकासहित)

विद्यार्थीलाई सरकारले नि:शुल्क इन्टरनेट दिने निर्णय कार्यन्वयनमा आएको छ । नेपाल टेलिकम मार्फत यो सेवा उपलब्ध भएको छ । सेवा विद्यार्थी आफैले एक्टिभ गर्न सक्नेछन् ।

नेपाल टेलिकम लगायतका इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक कार्यको लागि मात्र हुने गरी निःशुल्क सहुलियत शुल्क मा डाटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने निर्देशिकामा मन्त्रालयको भूमिका बारे स्पष्ट लेखिएको छ ।

१. सवै भन्दा पहिला आफ्नो क्याम्पस वा स्कुलको परिचयपत्र वा प्रवेशपत्र को फोटो मोवाईलमा खिच्नुहोस वा स्क्यान गर्नुहोस ।
२. त्यसपछि तल दिईएको लिङ्कमा क्लिक गरि KYC फर्म भर्नुहोस https://ntc.net.np/student-kyc
३. proceed मा क्लिक गर्नुहोस।
४. तपाईको मोवाईलमा 1422 वाट आएको OTP verification कोड ३ वटै वक्समा Type गर्नुहोस त्यस पछि Next गर्नुहोस अब Activate भएको म्यासेज आउँछ।
५. आवश्यक रकम रिचार्ज गर्नुहोस।
६. *1441# डायलगरी आवश्यक volume pack लिनुहोस र Activate भएको पक्का गर्नुहोस। zoom वा ms-teams वा google meet वाट आफुले चाहेको कक्षा पढ्नुहोस। यो नि:शुल्क हुनेछ ।यो जानकारी सबैमा सेयर गर्नुहोला ।

सबैको जानकारीको शे’यर गर्नुहोस !