२१ वर्षे युवकले अन्धाधुन्ध गोलि चलाउदा २० जनाको ज्यान गयो २६ घाइते

एजेन्सी- अमेरिकाको टेक्सासमा आइतबार अन्धाधुन्ध गोली चल्दा कम्तीमा २० जनाको ज्यान गएको छ ।

एउटा व्यापारिक मलको स्टोरमा गोली चलेको बीबीसीले जनाएको छ । उक्त क्षेत्र अमेरिका र मेम्सिकोको सीमा नजिकै पर्छ । घटनामा धेरै मानिस घाइते भएका छन् ।

अमेरिकी सञ्चारमाध्यमले गोली प्रहारको घटनाबारेको सीसीटीभी फुटेज सार्वजनिक गरिरहेका छन् । भिडियोमा डार्क टिसर्ट र इअर प्रोटेक्टर लगाएका व्यक्तिले एसल्ट राइफलबाट अन्धाधुन्ध गोली चलाएको देखिन्छ ।

टेक्सास राज्यका गभर्नर जर्ज एबोटले गोलीकाण्डप्रति खेृद व्यक्त गर्दै यो इतिहासकै सबैभन्दा भयानक दिन भएको टिप्पणी गरेका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक २१ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ ।