इङ्लिस प्रिमियर लिगका अपराजित टोली आज आमने सामने हुँदै

इङ्लिस प्रिमियर लिगमा यो सिजन अपराजित रहेका लिभरपुल र आर्सनल सोमबार आमने सामने हुँदैछन्। साविक विजेता लिभरपुल घरेलु मैदानमा उत्रने छ।

दुवै टोलीले यो सिजन दुई खेल खेल्दै ६ अंक जोडेका छन्। लिभरपुलले पहिलो खेलमा लिड्सलाई ४-३ र दोस्रो खेलमा चेल्सीलाई २-० गोलले हराएको थियो। आर्सनलले पहिलो खेलमा फुलहमलाई ३-० र दोस्रो खेलमा वेस्टहामलाई २-१ गोलले हराएको थियो।