निर्दयी छोरा, विदेश गएको १० वर्षदेखि बूढा आमाबावु र श्रीमतीलाई सम्पर्क गर्दैनन

काठमाडाैँ । रोल्पा त्रिवेणी गाउपालिका रामपुरका लक्ष्मण सुनार मलिसिया गएको १० वर्ष भयो । मलिसिया गएको १ बर्षपछि उनले आफ्नो परिवारलाई सम्र्प गर्न छाडिदिए ।

घरमा बुढा आमाबावु, आफ्नी श्रीमती, छोरा कसैलाई पनि सम्पर्क गर्दैनन् उनी । लक्ष्मणको छारा ११ वर्षका भए । उन्की श्रीमती सुशीला सुनारलाई हातमुख जोड्न समस्या छ, छोरालाई कसरी पढाउने थाहा छैन् । काम गरेर खाउ भने विरामी भईरहन्छिन । ९ बर्ष भयो सुशीलाको लक्ष्मणसँग सम्पर्क नभएको ।

सुशीला अझै लक्ष्मण आउने आशमा बसिरहेकी छिन् । उता लक्ष्मणले भने मलेसियाकै केटिसँग बिवाह गरिसकेका छन् । यि फोटोहरु कसैले सुशिलालाई देखाएपछि बल्ल उन्ले थाहा पनि ९ वर्ष देखी श्रीमान किन सम्पर्क विहिन भए भनेर । तर पनि गल्ती स्विकारेर आए माफ दिने बताउछिन् उनी ।

कसले हाम्रो कार्यक्रमा बारेमा बताएपछि लक्ष्मणका बुवा शेरवहादुर सुनार आफ्नी बुहारीलाई ल्याई रोल्पाबाट हाम्रो कार्यालय अएका हुन् । बुहारीको बेहाल देखेका शेरबहादुर भन्छन्, ‘नातिलाई हुर्काउन समस्या भईसक्यो छोरा छिटो घर फर्क ।’