काकी नाता पर्नेसँग अवैध संबन्ध राख्ने कांग्रेसका सभापति रावल प्रहरीको फन्दामा

काठमाडौँ, १८ साउन । परस्त्रीसँग अ*वैध सम्बन्ध राखेको अडियो लिक भएपछि अछामका एक काँग्रेस कार्यकर्ता प*क्राउ परेका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६, का काँग्रेस वडा सभापति मोहन रावललाई शुक्रबार विनायक प्रहरीले प*क्राउ गरेको हो ।

उनले सामुदायिक सिकाई केन्द्रकी एक कर्मचारीसँग अवैध सम्बन्ध राखेको अभियोग छ । ती महिलाका श्रीमान् रोजगारीको सिलसिलामा भारतको पुनेमा रहेको बुझिएको छ । ती महिला रावलकी काकी नाता पर्ने बुझिएको छ ।

स्रोतका अनुसार ती महिलाको मोबाइलमा अटो रेकर्ड सिस्मट थियो । जसका कारण उनीहरुबीच भएको कुराकानी रेकर्ड भयो । चार्जमा लगाएको मोबाइल ती महिलाका देवरले खोलेर हेर्दा अन्तरंग अडियो फेला पारेका थिए । त्यसपछि घटना बाहिर आएको समाचार दैनिक नेपालमा प्रकाशित छ ।

सार्वजनिक अडियोमा रावलले ‘आज आउँ कि के गरम भन’ भनेका छन् । जवाफलमा ती महिलाले ‘खाट बेस्सरी चु*उँछौ भनेकी छन् । यस्तै, ‘आज सन्चो पनि छैन । पहिरो जाला, बाटो अफ्ठेरो छ, चार/पाँच दिन पर्खेउ’ भन्ने जवाफ दिएकी छन् ।

साथै, दुई/तीन दिन रोपाईँमा व्यस्त हुने भएकाले त्यसपछि भेटौँला भन्ने महिलाको प्रस्ताव गर्छिन् । यस्तै, ती महिलाले ‘घर (पत्नी)लाई फोन गर्यौ कि नाइँ कि छोड्देउ ?’ भन्दै जिज्ञासा समेत राखेकी छन् ।

उनीहरुबीच ती महिलाले भारतबाट पतिले पैसा पठाएको विषयमा पनि कुराकानी भएको छ । ४०/५० हजार पैसा पठाएको र निकाल्न जान नपाएको बताएकी छन् ।