भर्खरै प्राप्त देशभरमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट;१० जनाको मृ’त्यु

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ८ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ। यस्तै ६ हजार २ सय ८१ जना क्वारेन्टिनमा रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १० जनाको मृ’त्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ४७७ पुगेको छ। गत २४ घण्टामा १० हजार १२३ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ६ हजार २८१ जना क्वारेन्टिनमा रहेका छन्।