एम्बुलेन्सबाट झार्दाझार्दै कोरोना संक्रमितको मृ’त्यु

कोरोना भाइरसबाट संक्रमित ४७ वर्षीय पुरुषलाई शनिबार राति कनकाई नगरपालिकाबाट विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ल्याइएको थियो।

कोभिड १९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार भदौ ८ गते कोरोना पुष्टि भएसँगै विरामीलाई झापास्थित मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

समस्या गम्भीर हुँदै गएपछि विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा शनिबार रिफर गरिएको थियो । बिरामीमा शरीर कमजोर हुने, ज्वरो आउने लगायतका समस्या देखिएकाे बस्नेतले जानकारी दिए।

तर उपचारका लागि केन्द्रमा लिएर आएको एम्बुलेन्सबाट बिरामीलाई झार्दाझार्दै मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै व्यवस्थापक बस्नेतले जानकारी दिए।