मन्त्रिपरिषदको आकश्मिक बैठक दिउसो १२ बजे

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आइतबार मध्यान्न १२ बजे आकश्मिक बैठक बोलाएका हुन्।

सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषदको बैठक बस्ने गरेको थियो। तर प्रधानमन्त्रीले आज आकश्मिक रुपमा बैठक डाकेका हुन्।

बैठकका एजेण्डाबारे भने मन्त्रीहरुलाई जानकारी दिइएको छैन।

‘एक्कासी बैठक डाकिएको छ’, एक मन्त्रीले भने, ‘एजेण्डाबारे केही भनिएको छैन।’

मन्त्रिपरिषद पुनर्गठनको तयारी भइरहेका बेला प्रधानमन्त्रीले आकश्मिक रुपमा बैठक डाक्नुलाई चासोका साथ हेरिएको छ।