पहिलो हाफमा तीन गोल खायो, दोस्रो हाफमा उत्तिनै फर्कायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी बराबरीमा रोकिएको छ। सिजनको दोस्रो खेलमा चेल्सी वेष्ट ब्रोमसँग ३–३ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा वेष्ट ब्रोमले तीन गोल गर्‍यो । दोस्रो हाफमा तीन गोल फर्काएको हो । वेष्ट ब्रोमका लागि चौथो र २५ औँ मिनेटमा गरी रोबिन्सनले दुई गोल गरे ।

यस्तै २७ औँ मिनेटमा बार्ट्लीले गोल गरे । दोस्रो हाफमा चेल्सीले गोल फर्कायो । उसका लागि माउन्टले ५५ औँ तथा हड्सन–ओडोइले ७० औँ मिनेटमा गोल गरे ।