‘पेरिसडाँडा पुगेर ठूला नेतालाई झापड हान्न आएकी हुँ’ भनेपछि…

काठमाडौँ । पेरिसडाँडा पुगेर ठूला नेतालाई झापड हान्न आएकी हुँ भन्ने दोलखाकी बालिका खड्कालाई प्रहरीले केहिदिन अघि प क्राउ गरेको थियो ।

यसअघि ती महिलाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान रहेको भन्दै अंश माग गरी मुद्दा दायर गरेकी थिईन् । बालिकाले केही दिन अघि मात्र काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी छन् ।

बालिका खड्काले पेरिसडाँडामा सुरु भएको सचिवलाय बैठकमा ‘ठूला नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेपछि प्रहरीले प क्राउ गरेको थियो ।

पक्राउ परेकी बालिकालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ ।