जुम्लाबाट गोबिन्द केसीलाई काठमाण्डौँ ल्याइयो

जुम्लामा आठ दिनदेखि अनसनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई आज समिट एयरबाट जुम्लादेखि काठमाडौँ पठाइएको प्रतिष्ठान अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए ।

पन्ध्रौ सत्याग्रह जुम्लामा बसेका डा केसी उन्नाईसौ सत्याग्रह पुनः जुम्लामै सुरु गरेका थिए ।

डा.केसीले भने दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौँ जाने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।