‘हिमचितुवा’को निधनमा राष्ट्रपतिबाट दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रख्यात नेपाली पर्वतारोही आङ्रिता शेर्पाको असामयिक निधन भएकामा दुःख व्यक्त गरेकी छिन् ।

आज अपराह्न ट्वीट गर्दै राष्ट्रपतिले ‘हिमचितुवा’को निधनबाट मुलुकको पर्वतारोहण पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएकी छिन् ।

दिवङ्गत शेर्पाको आत्माको चीरशान्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा समवेदना पनि व्यक्त गरेकी छिन् ।