छ महिनादेखि कोरोना सँग लडिरहेकी दैनिक बाह्रसय माईल साईकिलिङ गर्ने बक्सर खेलाडीको पिडा

बीबीसी । मोनीक ज्याकसनलाई महामारी सुरु भएकै समयमा कोभिड-१९ सङ्क्रमण भयो र झण्डै छ महिनापछि अझै पनि उनी बिरामी नै छन्। यस्तो अवस्थामा रहेका हजारौँमध्ये एक उनले आफूलाई देखिएका लक्षण र निको हुने असफल प्रयासका चित्र कोर्दै सङ्कलन गरेर राखिरहेकी छन्।

एक वर्षअघि ज्याकसनले च्याउबारे एउटा प्रवचन हेरेकी थिइन् र त्यसबाट उत्साहित भएकी थिइन्। वक्ताले भनेका थिए कि ढुसी वास्तविक विश्वव्यापी सञ्जाल हुन् किनभने ती रूखको मुन्तिर फैलिन्छन् र रूखहरूलाई समस्या पर्दा सहयोग पुर्याउछन्।

अहिले कोरोनाभाइरस सङ्क्रमणसँग लगातार २४ औँ हप्तामा सङ्घर्ष गरिरहँदा उनले त्यो कुरा बारम्बार सम्झिरहेकी छन्। भर्खरै अध्ययन भइरहेको लामो समयसम्म रहने कोभिड १९ आफूलाई भएको उनलाई शङ्का छ। उनी मार्चमा बिरामी भइन् र सुरुमा मध्यम रोग देखियो तर उनको लक्षण कहिले समाप्त भएको छैन।

पाँच महिनापछि पनि उनले आफ्नो शरिरमा के भइरहेको छ भनेर बुझ्ने कोशिस गरिरहेकी छन्। ज्याकसन उनकै शब्दमा निरन्तर सक्रिय रहने व्यक्ति हुन्। साधारण अवस्थामा उनी थाइ बक्सिङ अभ्यास गर्थिन र लन्डनमा रहेको आर्ट ग्यालरी पुग्न र फर्कन प्रतिदिन १२ माइलसम्म साइकल चलाउँथिन्।

तर पछिल्लो केही महिना उनको जीवन बदलिएको छ। अहिले उनको शयनकक्षको भित्तामा दैनिक अत्यावश्यक काम पूरा गर्न चाहिने शक्ति जोहो गर्न सम्झाउने एउटा सूची टाँसिएको छ।

“म अल्छी होइन,” उनले भनिन्। तर कतिपय दिन यस्ता छन् जुन दिन उनलाई शरीरले साथ दिएको छैन। त्यस्तो अवस्थामा उनले आफूलाई पोख्ने माध्यम समाजिक सञ्जाल इन्स्टाग्रामलाई बनाएकी छन्।

त्यहाँ उनले आफूलाई देखिएका लक्षणका विस्तृत सङ्केतको दैनिकी नै तयार पारेकी छन्। उनले त्यहाँ आफ्नो नयाँ अवस्थाबारे मानिसहरूलाई जानकारी दिने र त्यस्तै अवस्थामा “लामो समयसम्म” बिरामी रहेका अरूसँग जोडिने माध्यम बनाएकी छन्।

कोरोनाभाइरसबारेको धेरै कुरा जटिल छ तर लामो समयसम्म कोभिड देखिएको अवस्था यो महामारीको बुझ्न नसकिएको पक्ष हो। किन केही मानिसहरूलाई यस्तो खालको सङ्क्रमण देखा परिरहेको छ जुन निको नै भइरहेको छैन?

आफ्नो साथीसँग रेलमा यात्रा गर्दा ज्याकसन पहिलोपटक बिरामी भइन्। सुरुमा उनीहरू सम्पर्कमा थिए र दुवैमा देखिएको लक्षण पनि उस्तै थियो। सुरुको दुई हप्ता रुघाखोकीको सङ्क्रमण देखिए पनि उनलाई जीउ गल्ने भएपछि ओछ्यान छाड्न एकदमै गाह्रो भएको थियो।

दोस्रो हप्तापछि उनलाई श्वासप्रश्वासमा समस्या भयो तर एउटा एम्बुलेन्स आएर उनको शरीरमा अक्सिजनको तह ठीक भएको जबाफ दिएर फर्कियो।

मार्चमा परीक्षण गर्ने किटहरूको यूकेमा अभाव भएको र ती कडा लक्षण भएकाहरूका लागि राखिएकाले उनको परीक्षण गरिएन्। उनले घरेलु उपचारमा ध्यान दिदैँ काँचो लसुन खाइन्। त्यसबेला स्वाद थाहा नपाएको र गलेको अनुभव गरेको उनी सम्झिन्छिन्।

त्यसको दुई हप्तापछि ती लक्षणहरू हराए पनि नयाँ लक्षणहरू देखिएको र छातीको मध्यभागमा दुख्न थालेको उनले बताइन्। उनले ९११ मा फोन गर्दा चिकित्सकहरूले पारासिटामोल लिन सुझाएका थिए।

परासिटामोलले काम गरेपनि उनलाई पेट र घाँटीमा पीडा हुन थाल्यो। चिकित्सकहरूले उनलाई अल्सर भएको आशङ्का गरे तर पछि आएर भाइरसले पनि ग्यास्ट्रिकसँग मिल्दोजुल्दो लक्षण निम्त्याउनसक्ने कुरा मान्न थालियो।

छ हप्तापछि उनलाई पिसाब पोल्ने र ढाढको मुन्तिर दुख्ने हुन थाल्यो। चिकित्सकहरूले विभिन्न किसिमका एन्टीबायोटिक दिएपपछि मात्रै उनलाई ब्याक्टेरियाको सङ्क्रमण नभएको निष्कर्ष निकाले।

त्यो पछि त्यसै निको भएर गयो। यो अवधिमा उनी सामाजिक सञ्जालबाट अलग्गै बसिन्। किनभने उनलाई त्यहाँ मृत शरीरसम्बन्धी पोस्ट हेर्नुपर्छ भनेर डर लाग्यो। उनमा विभिन्न लक्षणहरू देखापर्ने क्रम जारी रह्यो।

अप्ठेरोका माझ अन्तत: यूके सरकारले कोभिड-१९ का लक्षण रहेका सबैले परीक्षण गराउन सक्ने बतायो। एक जना साथीको मद्दतले परीक्षण केन्द्रमा पुगेपनि उनले त्यहाँ सैनिकहरू तैनाथ रहेको देखिन्।

परीक्षणको नतिजा नेगेटिभ आयो। त्यसबाट उनले सन्तोषको अनुभव गरिन किनभने उनलाई भनिएको थियो कि उनीबाट साथी तथा परिवारका सदस्यमा सङ्क्रमण सर्न सक्छ।

उनले आफ्नो डायरीमा लेखेकी छन् सङ्क्रामक बन्ने अनुभूति मनोवैज्ञानिक रूपमा गरेर अघि बढ्न गाह्रो हुने रहेछ। आराम महसुस नगरेकाले पनि उनी थप अन्योलमा थिइन्। पहिलोपटक बिरामी भएको चार महिनापछि उनी बाहिर निस्किइन्।

पूर्वी लन्डनको घरबाट उनी सरसफाइ जस्ता साधारण कामहरू गर्न अप्ठेरो भएपछि आफूलाई मद्दत गर्ने परिवारसँग नजिक बस्न इच्छुक पनि भएकी थिइन्। उनको श्वासप्रश्वासमा सुधार भएको थियो। भर्याङ् चढ्दा सास बढेका कारण उक्लन सक्ने अवस्थामा नरहेकी उनी जुलाईमा चढ्न सक्ने भएकी थिइन्।

तर कोठा सफा गर्ने प्रयास गरेको चार मिनेटमा नै उनी सास फेर्न नसकेर अर्धचेत भइन्। त्यसपछि उनी तीन हप्ता ओछ्यानमा परिन्। उनलाई कसरी ठिक हुने थाहा थिएन।

“मानिसहरूले मलाई मनिक तिमी फेरि साइकल चलाउँछौ, बक्सिङ खेल्छौ र सञ्चो भएपछि मेरोमा आउ भनिरहेका थिए। तर मलाई त्यसले मद्दत गरिरहेको थिएन।”चिकित्सकहरूलाई उनीजस्तो लक्षण भएका बिरामीलाई कसरी मद्दत गर्ने भन्ने थाहा छैन।

“म इमेल चलाएर बस्थेँ वा चिकित्सकसँग कुरा गर्थेँ र त्यसपछि आफ्ना साथीहरूसँग कुरा गर्थेँ र गल्थेँ। म आफ्नो दाँत पनि माझिरहेको थिइन।” उनले मानसिक स्वास्थ्यको थेरापी प्राप्त गरेकी छन् जसले उनलाई आफ्नो नयाँ वास्तविकतालाई स्वीकार गर्न मद्दत गरिरहेको छ।

उनले सोचेकी पनि थिइनन् कि आफ्नो रोगका कारण उनी च्याउका पारखीहरूसँग जोडिनेछन्। च्याउसँग भाइरसविरोधी गुण हुन्छन् एउटा पोस्टमा उनले लेखेकी छन्।

तिनीहरू एउटा वृहत् र सुन्दर वस्तुको हिस्सा हुन्। नजिकैको रूखको जरासँग सम्पर्कमा रहेका माइसेलियम भनिने भूमिगत धागोहरूको सञ्जालले ढुसीलाई खाने गर्छ।

ती जराहरूमार्फत माइसेलियमले पोषण तत्व एक अर्कामा पठाउँछन्। कैयौँ विज्ञले ढुसीले रूखहरूलाई एकआपसमा सम्पर्क गर्न सघाउने क्रममा स्वस्थ्य रूखमा रहेका पोषणतत्वलाई सङ्घर्ष गरिरहेका रूखमा पुर्याउने विश्वास गर्छन्।

यसले उनलाई आफ्नो ढोकामा महिनौँसम्म खाना ल्याइदिने साथीहरूको सम्झना गराएको छ। ती मानिसहरू जोसाग उनी बिरामी परेदेखि नै निर्भर रहेकी छन्। “म कोठामा एक्लै बसेकी छु तर अरू बेलाभन्दा अझ जोडिएको महसुस गरेकी छु।”