मन दुखाएर किन बार्सामै बस्दैछन मेसी ? यस्तो रहेछ बार्सा छोड्न खोज्नुको कारण (भिडियो)

एजेन्सी बार्सिलोना– स्पेनी फुटबल क्लब बार्सिलोनाका कप्तान तथा सर्वाधिक गोलकर्ता लियोनल मेसीले शुक्रबार आफू क्याटलान क्लबमै रहने बनाएका छन् । बार्सिलोना छोड्ने भनेर क्लबलाई सूचना दिएको १० दिनपछि मेसीले आफ्नो निर्णय फेरेका हुन् ।

पहिले क्लबलाई दिएको सूचनामा उनले आफूले अनुबन्ध अनुसार विना कुनै मूल्य क्लब छाड्ने बुँदा उपयोग गर्न चाहेको बताएका थिए । तर बार्सिलोनाले भने ७० करोड युरो तिरेपछि मात्र क्लब छाड्न पाउने बताएको थियो ।

क्लब छाड्ने निर्णय सुनाउँदै मेसीले आफू बार्सिलोनामा खुसी नरहेको र क्लबको व्यवस्थापनलाई लिएर गुनासो रहेको बताएका थिए । तर अहिले उनले आफ्नो निर्णय फेर्नु पछाडि कानुनी झमेलमा फस्न नचाहनु रहेको बताइएको छ ।

बार्सिलोनाले गरेको कोरोना भाइरस परिक्षण र त्यसपछि सुरु भएको टिमको अभ्यास सत्रमा पनि मेसी सहभागी भएका थिएनन् । तर स्पेनी मिडियाका अनुसार मेसीले आफू कानुनी रूपमा कमजोर हुन सक्ने बुझेपछि बार्सिलोनामै रहने निर्णय गरेका हुन् ।

शुक्रबामात्रै बार्यन म्युनिखबाट फिलिपे कोउटिन्हो बार्सिलोना आइसकेका छन् भने बार्सिलोनाका स्टार खेलाडी लुइस स्वारेज युभेन्टस जाने भएको समाचार आएका छन् ।

भिडियो यहाँ हेर्नुस: