प्रधानमन्त्री ओलीले अब दूवै पदबाट राजीनामा दिनु पर्दैन’ : प्रचण्ड

काठमाडौं ४ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब दूवै पदबाट राजीनामा दिन नपर्ने भएको छ ।
अध्यक्ष प्रचण्डले एक कार्यक्रममा बोल्दै अब पार्टी महाधिवेशनमा केन्द्रित हुने बताउँदै पार्टीभित्र भएको समस्या पदका लािग नभएको स्पष्ट पारेका हुन् । उनले भने, यदि पार्टी भित्रको समस्या पदको लागि भएको भए अहिले हामी पार्टी एकतामा सम्भवन हुने थिएनौं ।कार्यक्रममा बोल्दै नेता प्रचण्डले भने, पार्टीभित्रको समस्या समाधान गर्नको लागि हामीले कार्यदल गठन गरेका छौ । उक्त कार्यदलले अहिले काम गर्दै छ ,एक हप्तामा आफ्नो काम सम्पन्न गरी सकारात्मक प्रतिवेदन पेश गर्नेमा आफु आशावादी रहेको बताएका छन् ।
पार्टी एकतालाई अगाडि बढाउन र सरकारको काम अगाडि बढाउन आफूहरु सहमति नजिक पुगेको उनको भनाइ छ । कार्यक्रममा उनले मन्त्रिमण्डल पुनर्गठन, प्रदेश सरकारको हेरफेर, संवैधानिक निकायमा नियुक्ति लगायत विषयमा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने सहमति समेत भएको जनाकारी दिएका छन् । छ सदस्यीय कार्यदलले प्रतिवेदन तयार पारेपछि सो प्रतिवेदनको आधारमा पार्टी कमिटि बैंठक बस्ने त्यही अनुरुप अगाडी बढ्ने नेताहरु बिच सहमति भएको जानकारी समेत लिएका छन् ।