निषेधाज्ञामा निस्किएका ५९४ मोटरसाईकल र गाडी होल्ड

काठमाडौं – काठमाडौं उपत्यकाका तीनै जिल्लाका जिल्ला सुरक्षा समितीको निर्णय अनुसार निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाको समयमा स्थानिय प्रशासनले तोकेको मापदण्डमा परेका बाहेक अन्य सवारी साधानलाई ट्राफिक प्रहरीले भेटेकै ठाउँमा ‘होल्ड’ गर्न थालेको छ ।
बिहिबार बिहान गाडी र मोटरसाईकल समेत ५ सय ९४ सवारी साधान होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले जानकारी दिए ।
उनले भने–‘स्थानीय प्रशासनले तोकेको र इमर्जेन्सी काम बाहेक निस्किएका गाडी र मोटरसाईकललाई होल्ड गरेका छौं । ट्राफिक प्रहरीले होल्ड गरेको सवारी साधान साँझ ८ बजेपछि मात्र सवारी धनिले फिर्ता पाउँछन् । होल्ड गरिएकामा चारपांग्रे सवारी भन्दा दुईपांग्रे सवारी धेरै छन् । करिब ४ सय १० वटा मोटरसाईकल र स्कुटर होल्ड गरिएको छ ।