नेपाली सेना र प्रहरी सहितको उद्धार टोली पुग्यो अछाममा

अछाम — बाढीले क्षति पुर्‍याएको अछामको रामारोशन गाउँपालिकामा बुधबार दिउँसो उद्धार टोली पुगेको छ । उद्धारका लागी नेपाली सेनाको हेलिकप्टरमा सेना प्रहरी र प्रजिअ गोकर्णप्रसाद उपाध्याय नेतृत्वको सहितको टोली पुगेको छ ।
बाढीले बगाएका ६ जनाको शव फेला परेको छ भने घटनास्थलमा देखिएका तीन घाइतेलाई तत्काल अस्पताल लैजाने तयारी भइरहेको छ । करिब १८ जना भन्दा बढी अझै बेपत्ता रहेका छन। दर्जनौं परिवार विस्थापित भएका छन् । बाढीले दर्नाको पक्की पुल बगाए संगै दर्नाको सबैभन्दा बढी धान उत्पादन हुने नगरर्नाको कोसेडा खेत बगर बनेको छ ।