मलाई बदनाम गराउन खोजियो, न्याय दिनुहोस् भन्दै अध्यक्षद्वयलाई मणि थापा को पत्र

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मणिचन्द्र थापाले आफूविरुद्ध षडयन्त्र भएको भन्दै छानबिन गर्न अध्यक्षद्वयसँग अपिल गरेका छन् ।

पार्टीको साहित्य, कला तथा संस्कृत विभाग प्रमुख तथा शि
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मणिचन्द्र थापाले आफूविरुद्ध षडयन्त्र भएको भन्दै छानबिन गर्न अध्यक्षद्वयसँग अपिल गरेका छन् ।

पार्टीको साहित्य, कला तथा संस्कृत विभाग प्रमुख तथा शिक्षक संगठन इन्चार्जसमेत रहेका थापाले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै पत्र नै लेखेका छन् ।

‘सत्यतथ्य छानबिन सम्बन्ध’ शीर्षकमा थापाले आफूलाई बदनाम गराउन गरिएको षडयन्त्रको छानविन गर्न माग गरेका हुन् ।

उनले लेखेका छन्, ‘केहिदिन यता केहि पत्रिका, अनलाइन र सामाजिक सञ्जालमा म र मेरो परिवारको बारेमा योजनाबद्ध रुपमा बदनाम गर्ने प्रयास भइरहेको छ । मैले शक्तिको दुरुपयोग गरी श्रीमतीलाई जागिर खुवाएको, कोटेश्वरमा तीनतले घर बनाइरहेको भन्ने आरोप लगाइएको छ । यसले गर्दा मेरो राजनीतिक र सामाजिक जीवनमा नकारात्मक असर परिरहेको छ । म पाटीसँग विनम्र अनुरोध गर्न चाहन्छु यी सबै विषयमा सत्यतथ्य पत्ता लगाई म र मेरो परिवारमाथि न्याय गर्न हार्दिक अनुरोध गर्दछु ।’