नेकपा सचिवालय बैठक सकिएलगत्तै ओली र प्रचण्डसँग छलफल गर्न बालुवाटारमा देउबा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट तथा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

नेकपा सचिवालय बैठक सकिएलगत्तै उनी बालुवाटार पुगेका हुन ।

छलफ‌लमा नेकपा का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी रहेको बताइएको छ । देउवासँगै नेता रमेश लेखक लगायतका नेताहरु पनि बालुवाटार पुगेको स्रोतले जानकारी दिएको छ ।

बैठककमा संवैधानिक नियुक्ति लगायतका विषयमा छलफल हुने जनाइएको छ ।