घट्यो सुनको मूल्य

काठमाडौं। आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाले घटेको छ । शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ९ सय रुपैयाले घटेर प्रतितोला १ लाख २ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख २ हजार १ सय रुपैयामा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १४ सय १० रुपैयाँ कारोबार भइरहेको जनाइएको छ।