अध्यक्ष प्रचण्ड बारे भारतमा यस्तो समाचार प्रकाशित

काठमाडौं। नेपालमा फैलिएको कोरोना संक्रमणको समाचारलाई भारतीय सञ्चारमाध्यमहरुले खास महत्व दिने गरेका छैनन् । तर अहिले भारतीय सञ्चारमाध्यमहरुमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लिएर भारतको चर्चित पत्रिका दैनिक भास्करको अनलाइन संस्करणले महत्व दिएर समाचार राखेको छ । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको सुरक्षामा तैनाथ ६ जना सुरक्षाकर्मीहरु कोरोना संक्रमित भएको खबरलाई भास्करले विशेष महत्व दिएको हो।

भास्करले प्रचण्डसहित परिवारका अन्य सदस्यहरुको कोरोना रिर्पोट नेगेटिभ आएको पनि समाचारमा उल्लेख गरिएको छ । भास्करले कोरोनाबारे नेपालको पछिल्लो अपडेट पनि जारी गरेको छ । भास्करले नेपालमा २२ हजार ५९२ जना कुल संक्रमित रहेको र ७३ जनाको ज्या’न गएको बताइएको छ । प्रचण्डलाई लिएर दैनिक भास्करले ‘नेपालका पूर्व प्रधानमन्त्री प्रचण्डका छ जना सुरक्षा गार्डहरु संक्रमित, देशमा २२ हजार भन्दा बढी संक्रमित’ शिर्षकमा समाचार राखेको छ।