‘कोरोना बढेको छ, सरकार सुतेको छ’ भन्दै वि’रोध प्र’दर्शन

काठमाडौं। ललितपुरको पाटन दरबार स्क्वायरमा फरक खालको वि’रोध प्र’दर्शन भएको छ । साझा पार्टीले सरकारको गाईजा’त्रे वि’रोध गरेको हो। पाटन दरवार स्क्वायरमा गाईजात्रे विषेश वि’रोध प्र’दर्शनमा सरकारको विभिन्न समयमा भएका घट’नालाई गाईजात्रा शैलीमा वि’रोध प्र’दर्शन भएको हो। आन्दोलनमा कञ्चनपुरकी १३ बर्षीया निर्मला प’न्तको ब’लात्का’रपछि भएको ह’त्या का’ण्डको विषयलाइ गाईजात्रे तरिकाले उठाइएको थियो।

यस्तै ए’सिड आ’क्रम’णकारी लाई कारवाहीको माग गर्दै ए’सिड आ’क्रम’णको सांकेतिकरुपमा देखाएको थियो । भने खान नपाएर मृ’त्यु भएका मलर सदा, श्रीमतीको ह’त्या गरेर उन्मुक्ति पाएका रन्जन कोइरालाको विषय, ओम्नी का’ण्ड, न्यायालयमा भएको सेटिङ, ७० करोड घो’टाला लगायतका विषयलाई उठाएका व्यङ्ग शै’लीमा वि’रोध गरिएको थियो।

‘कोरोना बढेको छ, सरकार सुतेको छ’, ‘रोजगार खै ?’ कोरोनाको मा’रमा छु, क्वारेन्टाइन असुरक्षित ए हजुर, डनवाद, कृयाबाद, नाताबाद लगायतका प्लेकार्ड बोकेर साझा पार्टीका कार्यकर्ताहरूले मौन रुपमा गाईजात्रे वि’रोध गरेका थिए।