प्रधानमन्त्री ओलीसँग अयोध्याका विषयमा छलफल गर्न माडीको टोली काठमाडौं आउदै

चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । अयोध्यापुरीलाई नै वास्तविक अयोध्या क्षेत्र बताउँदै प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट गर्नलाई आज बोलाएका छन्।

यस्तै प्रधानमन्त्री ओलीसँग भेट गर्न नगरप्रमुख ठाकुर प्रसाद ढकालसंगै उपप्रमुख ताराकुमारी काजी महतो, प्रवक्ता एवं माडी ९ का वडाध्यक्ष शिवहरि सुवेदी, नेकपा माडी नगर अध्यक्ष प्रभुप्रसाद महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेल र सदस्य साध्यबहादुर भण्डारी सम्मिलित टोली काठमाडौं प्रस्थान गरेको बताइएको छ।

यसअघि प्रधानमन्त्री ओलीले माडी नगरपालिकाका वडा नं। ९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गरी माडीको अयोध्यापुरी नै वास्तविक अयोध्या क्षेत्र रहेको बताएका थिए।माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ ।