काठमाडौं उपत्यकामा संक्रमित दिनहुँ बढेपछि स्वास्थ्य मन्त्रालयले दियो यस्तो निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमणको दर बढेको जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा बिहीबार प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमणको दर बढेको जानकारी दिएका हुन्।

काठमाडौंमा संक्रमण दर बढेसँगै अफ्ठ्यारो अवस्था सृजना भएको भन्दै उनले निजी, सामुदायिक तथा सरकारी कार्यालयहरुमा सभा, गोष्ठी, बैठक, सेमिनारजस्ता जमघट तुरुन्त बन्द गर्न अपिल गरेको छ । सभा, गोष्ठी, बैठक गर्ने परेमा भर्चुअल गर्न प्रवक्ता डा. गौतमले आग्रह गर।

अहिलेकै अवस्थामै संक्रमण दर बढेमा अस्तालमा बेड, चिकित्सक अभाव हुन सक्ने भन्दै उनले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेका छन् । घरभन्दा बाहिर अनावश्यक रुपमा ननिस्कन आग्रह गरेका उनले कोरोनाको औ’ष’धि नरहेकाले अक्सिजन, भेन्टिलेटर सहयोगी मात्रै रहेको जानकारी दिए । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७ जनासहित मुलुकभर ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।