एकैदिन कोरोना संक्रमणबाट ३ जनाको मृ’त्यु

काठमाडौ। बुधबारमात्रै कोरोना संक्रमण पुष्टि भएका तीन जनाको मृ’त्यु भएको छ । उनीहरुको काठमाडाैं र मोरङमा मृ’त्यु भएको हो। काठमाडौँमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृ’त्यु भएको छ। ती महिला साउन १६ गते सशस्त्र प्रहरी अस्पताल भर्ना भएकी थिइन्।

त्यस्तै बुधबार नै मोरङमा २ जना पुरुषको मृ’त्यु भएकामा उनीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। कोसी अस्पतालमा उपचाररत उनीहरु दुवैको रिपोर्टमा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ। मृत्यु हुनेमा विराटनगर ९ का ४५ वर्षका पुरुष र रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षकै पुरुष रहेका छन्।