क्रिस्टियानोले किने संसारकै सबैभन्दा महँगो कार, विश्वभर उक्त कारको उत्पादन १० वटा मात्र

काठमाडौँ। पोर्चुगलका राष्ट्रिय फुटबलर तथा युभेन्टस क्लबका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले विश्वको सबैभन्दा महँगो कार खरिद गरेका छन्। युभेन्टस स्टार खेलाडी रोनाल्डोले १ अर्ब २० करोड पर्ने बुगाटी कार खरिद गरेका छन्। विश्वभर उक्त कारको उत्पादन १० वटा मात्र भएको छ।

रोनाल्डोले आफुलाई उपहार स्वरुप किनेको कारको मूल्य अन्तरास्ट्रिय बजारमा साढे ८ मिलियन यूरो रहेको छ जसलाई नेपाली रुपैंयामा रुपान्तरण गर्दा १ अर्ब २० करोड हुन आउँछ। रोनाल्डोले इन्स्टाग्राम एकाउन्टमा कारको तस्बिर सार्वजनिक गरेका छन्। कारमा उनको नाम सीआरसेभेन भनेर लेखिएको छ। बुगाटी कार प्रति घण्टा ३८० किलोमिटरको रफ्तारमा गुड्न सक्छ भने केवल २ दशमलब ४ सेकेन्डमा ६० किलोमिटरको दुरी तय गर्न सक्छ। उक्त कार सन् २०२१ सम्म उनको हातमा पर्ने छ।