छिमेकी जिल्लामा कोरोना भ’यावह देखिएपछि बारामा आजदेखि पुनः निषेधाज्ञा जारी

बारा। बारामा आईतवार बिहान देखि पुनः निषेधाज्ञा जारी गरिएको छ । छिमेकी जिल्ला पर्साको बीरगञ्जमा जनप्रतिनिधी, सांसद लगायत समुदायमा कोरोना भाईरस सं’क्रमण फैलिएसंगै बारामा पनि सं’क्रमित बढेका छन्। सं’क्रमणले भया’वह रुप लिन सक्ने भन्दै आज बसेको जिल्ला सुरक्षा समितिका बैठकले यस्तो निर्णय गरेको हो।

अत्यावश्यक काम बाहेक कोही पनि नागरिक भेला हुन तथा घर बाहिर निस्कन नहुने, पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्गमा पर्ने सबै स्थानीय तह, कलैया बजार क्षेत्र, पथलैया—बीरगञ्ज औधोगिक कोरिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, वरियारपुर लगायत अत्याधिक भिडभाड हुने तथा हाट बजार लाग्ने ग्रामीण क्षेत्रहरु अर्को निर्देशन जारी नभए सम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय भएकाे छ।

अत्यावश्यक खाधान्न, ग्यास, दुध, तेल बाहेकका सम्पूर्ण पसल, हाट बजार बन्द गर्ने, स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, खाधान्न, दुध, पानी, ग्यास, तेल, औ’ष’धी, एम्वुलेन्स बाहेकका अन्य सवारी साधनहरुलाई पूर्ण रुपमा रोक लगाईएको छ।

धार्मिक, सास्कृतिक, सामाजिक कार्य, विावह, ब्रतबन्धमा भेला, भोज भतेर गर्न गराउन नपाईने, उद्योग ब्यावसायीहरुले कल—कारखाना सञ्चालन गर्दा कामदारहरु आफ्नो उद्योग कल—कारखाना परिसर भित्रको होस्टल, क्वाटरमा राखी स्वास्थ्य सुरक्षा मापद’ण्ड कायम गरेर मात्र सञ्चालन गर्ने, छिमेकी राष्ट्र भारतसंग जोडिएका सिमा नाकाहरुमा आवत जावत पूर्ण बन्द गर्ने घोषण गरिएको छ।