कोरोनाबाट थप एकको संक्रमितको म’त्यु

वीरगन्ज। वीरगन्जमा कोरोना सं’क्रमणका कारण थप एक जनाको मृ’त्यु भएको छ। वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएकी वीरगन्ज १६ नगवाकी ५० वर्षिया महिलामा कोरोना सं’क्रमण पुष्टि भएको हो। निमोनियाको समस्या भएपछि साउन १५ गते बयोधा अस्पतालको आइसियुमा भर्ना भएकी ती महिलाको उपचारका क्रममा शुक्रबार बिहान १० बजे मृ’त्यु भएको थियो।

शुक्रबार बिहानै उनको मृ’त्यु भएको भएपनि उनमा कारोना संक्रमण भएको पुष्टि भने शुक्रबार राति मात्रै भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए। मृ’त्यु हुनु अघि नै उपचारका क्रममा शुक्रबार ती महिलाको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो। ‘शुक्रबार राति प्रयोगशालाबाट प्राप्त ६४ जनाको पोजिटिभ रिपोर्ट आएको थियो। त्यसमा ती महिलाको पनि नाम थियो’ उपाध्यायले भने ‘महिलाको मृ’त्युको कारण कोरोना नै रहेछ।

योसँगै वीरगन्जमा कारोनाका कारण वीरगन्जमा मृ’त्यु हुनेको संख्या १४ पुगेको छ। वीरगन्जमै गत बिहिबार (साउन १५ गते) ३ जनाको र बुधबार (साउन १४ गते ) २ जनाको कारोनाका कारण मृ’त्यु भएको थियो। वीरगन्जमा कोरोनाका कारण साउनमा मात्रै १० जनाको मृ’त्यु भइसकेको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार वीरगन्जमा कोरोनाका कारण अहिले सम्म मृ’त्यु भएका १४ संक्रमित मध्ये पर्साका १०, बाराका २ र रौतहटका १ जना हुन्। वीरगन्जमा जेठ ३१ गते वेवारिसे भेटिएका एक संक्रमित शवको भने अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन्।